Section 43A
कोषले ट्रष्टी तोक्न सक्ने
(१) यस ऐन बमोजिम बचतकर्ता र लगानीकर्ताहरूबाट कोषले संकलन गरी जम्मा गरेको पूंजी कोषलाई सम्बन्धित योजनाको शर्त अनुसार लगानी प्रबन्ध गर्न वा तत्सम्बन्धमा अन्य कुनै संगठित संस्थासंग भएको सम्झौता बमोजिमको दायित्व पूरा गर्नको लागि कोषले आफूलाई प्राप्त अधिकार र जिम्मेवारी बहन गर्न पाउने गरी कोषको समिति, उपसमिति वा त्यस्तो समिति वा उपसमितिको सदस्य वा कोषको कुनै अधिकृत कर्मचारीलाई ट्रष्टीको रुपमा काम गर्न पाउने गरी तोक्न सक्नेछ । (२) उपदफा (१) बमोजिम कोषले तोकेको ट्रष्टीको काम, कर्तव्यहरू तोकिएबमोजिम हुनेछ ।